दिन्छु भन्थेऊ साथ.Lamxi Nyopane
दिन्छु भन्थेऊ साथ.Lamxi Nyopane
Posted in भिडिओ
दक्षिण कोरिया स्थित दूतावासको आयोजनामा नेपालको परिचय दिने साता ब्यापी प्रदर्शनीको शुभारंभ
रघु त्रिपाठी
मंगलबार,जुन ,२३,२००९
जुन २२ सोमवार नेपाली राजदूताबासको आयोजनामा दक्षिण कोरियामा पहिलो पटक आयोजना गरिएको ल्याण्ड अफ नेचुरल कल्चर एण्ड अपरच्यूनिटि नामक नेपाल चिनाउने महत्वपूर्ण प्रदर्शनी कार्यक्रमको हिजो पूर्व निर्धारित समयमा दक्षिण कोरियाको सिटिहल स्थित कोरिया इन्टरनेश्नल कल्चर हाउसमा एक भब्य समारोहका बिच महामहिम राजदूत कमल प्रसाद कोइराला तथा कोरियाका भूतपूर्व प्रधान मन्त्री मिस्टर हान म्युङ्ग सूकद्धारा सयूक्त रुपमा उद्घाट्न गरेर नेपालको परिचय दिने प्रदर्शनीको शुभारंभ गरिएको छ ।
|
Posted in मुलुक बाहिर
शान्ती क्षेत्र नेपाल
श्रीमती शुस्मिता शर्मा ढुंगाना
यो हाम्रो शान्ती क्षेत्र नेपाल
यो प्यारो शान्ती क्षेत्र नेपाल
किन ! अशान्ती को मालाले जेलिएको छ
किन ! अनेकौ जनजेलले जेलिएको छ
हेर-हेर बीर नेपाली सगरमाथा रोइरहेछ !!!!
शान्ती र स्व्च्छ थियो कति यो नेपाल
त्यति नै रमणिय र प्यारो थियो यो नेपाल
तर किन आज यो सबै आतित भइरहेछ
हेर -हेर हे बीर नेपाली हिमाल पनि रोइरहेछ !!!!
बुद्ध जस्ता शान्तीको प्रतिकले आँखा उघारेको यो नेपाल
सैयौ शाहीदको बलिदानले सिर्जेको यो नेपाल
तर आज किन जन्मिन छाडे ,यहाँ राष्ट्र प्रेमी
किन यो राष्ट्रप्रति दिन अशान्ति छाइरहेछ
हेर-हेर हे बीर नेपाली देशको माटो रोइरहेछ !!!!!
हत्या र हिंसा त्याग गर , देश को माटो लाई माया गर
जाग-जाग हे बीर नेपाली
जोगाऔं यो सगरमाथाको माथ
हसाऔं यो डाँडा-पाखा र प्यारो हिमाल
बनाऔ फेरी शान्ती क्षेत्र नेपाल , शान्ती क्षेत्र नेपाल !!!
Posted in कविता
ज्ञानेश्वर शर्माको पार्थिव शरीर नेपाल पठाईयो, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतद्वारा मृतककी श्रीमतिलाई आर्थिक सहयोग
ईलामकी तारा शर्मा र झापा बाहुनडांगिका ज्ञानेश्वर शर्मा गत २२ महिना अगाडि नेपालमा विधिवत विवाह बन्धनमा बाँधिएका थिए । ज्ञानेश्वर शर्मा केही वर्षयता कुवेतमा कार्यरत रहेकाले आफ्नी श्रीमती तारालाई कुवेत ल्याउन, कुवेतको कानुनले तोकेको र आफुले पाउने तलब सुबिधा समानन्तर नभएकोले फेमिली भिसाको निवेदन अस्विकृत भई एक घरेलु कामदारको भिसा खरिद गरी तारालाई कुवेत झिकाएका रहेछन । कुवेतमा उनिहरुको वैवाहिक जिबनयात्रा अन्यान्तै खुशीयाली र एकअर्काको सुख-दु:ख साटासाट गर्दै गुज्रिरहेको थियो । अझ उनिहरुको खुशीमा वसन्तको वहार बोकी ७ महिना अगाडि एउटा नव-आगन्तुक - नावालक छोराको पनि प्रवेश भयो ।

(फोटोमा मृतकको ७ महिनाको नावालक छोरा)
तर नियतिको खेल, दैवको लिला कसले बुझ्न सक्दो रहेछ र आखिर ज्ञानेश्वर र ताराको जिबनमा पनि बिस्मातको हुरिले प्रवेश गर्न कत्तिपनी ढिलो गरेन । गत २०६६ जेष्ठ १ गते आफु कार्यरत कुवेत स्थित सुल्तान सेन्टर साल्मिया रेस्टुरेन्टमा ड्युटी गर्न जाँदै गर्दा सडक पार गर्ने क्रममा तिव्र गतिमा आएको कारको ठक्करले उहाँको घटनास्थलमानै मृत्यु भएको थियो । सोच्नुहोस् मरेर जाने गईहाले तर कुवेत जस्तो ठाउँमा ताराको अवस्था कस्तो भयो होला ? बेलैमा पित्रिमोह गुमाउन पुगेका नावालक छोराको भविष्य कस्तो होला ? शायद यि कुराहरु कसैले शब्दमा ब्याख्या गर्न सकिंदैन ।
यही परीवेशलाई मनन गरी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतले सक्दो आर्थिक सहयोग नेरु १६००० (सोह्र हजार) मृतककी श्रीमतिलाई प्रदान गरेको छ । क्लवका नव निर्वाचित अध्यक्ष श्री किरण पौड्याल र उपाध्यक्ष श्री धर्मराज गिरी ज्यूबाट क्लवको सहयोग पीडितलाई हस्तान्तरण गरिएको थियो साथै पीडित परिवारलाई एयर्पोर्ट सम्मको यातायात सुबिधा पनि उपलब्ध गराईएको थियो । पीडित श्रीमती तारा शर्माले वहाँहरुलाई बताए अनुसार, खानपिनको ब्यवस्था देखी लिएर कुनै किसिमको हेरबिचार मृतक कार्यरत कम्पनिले आफुलाई नगरेको र उनी कुवेत स्थित आफन्तजनहरुको कृपामा आजसम्म रहेको बताइन । उनले भनिन नेपालमा घरपरिवारले आफ्नो नावालक छोराको हेरबिचार गरिदिए जिबन गुजाराको निम्ती आफु केही महिनामै कुवेत वापस आउने छु र काम गर्नेछु ।

(फोटोमा क्लवका अध्यक्ष किरण पौड्याल द्वारा मृतककी श्रीमती तारा शर्मालाई रकम हस्तान्तरण गरिंदै)
मृतक ज्ञानेश्वर शर्माको पार्थिव शरीर र पीडित परिवार ११ जुन २००९ (३० जेष्ठ २०६६) बिहिवारको दिन कतार एयरबाट नेपाल पठाईएको छ र नेपालसम्म पुर्याइदिने जिम्मा कुवेतमा कार्यरत लक्ष्मी बिमली ज्यूले लिनु भएको छ ।
Posted in मुलुक बाहिर
मान बहादुर थापाको अध्यक्षतामा यूएइ नेपाली एकता समाज
यूएई नेपाली एकता समाज केन्द्रिय समितिको दोश्रो सम्मेलन पछिको पहिलो राष्ट्रिय भेला जुन १२ गते शुक्रबार बरदुबईको एभरेष्ठ इन्टरनेशनल होटलमा सम्पन्न भएको छ । उक्त सम्पन्न भेलाले मानबहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको चयन गर्नुका साथै १० सदस्यीय साँस्कृतिक समिति पनि गठन गरेको छ ।
सो कार्यसमितिमा उपाध्यक्षमा कृष्ण के।सी र कृष्ण जी।सी महा सचिवमा ध्रुव कुवर सचिवमा लेखनाथ अधिकारी कोषाध्यक्षमा केशवराज शर्मा रहनु भएको छ भने सदस्यहरुमा भिम भण्डारी राजेन्द्र पाठक कृष्ण लामिछाने लालबहादुर बि।s। यमबहादुर पुन भानु शर्मा तुलबहादुर पुन प्रकास जीसी टेकहरी न्यौपाने र तुलसा थापा रहनु भएको छ ।
३ जना उपाध्यक्ष रहने व्यवस्था भएको उक्त कार्य समितिमा एक उपाध्यक्ष भने रिक्त रहेको छ । त्यस्तै डम्बर भण्डारीको संयोजकतामा गठीत साँस्कृतिक समितिमा उपसंयोजक चिरण के।सी सचिव लालबहादुर गुरुङ्ग कोषाध्यक्षमा यमबहादुर पुन र सदस्यहरुमा टीका पुन सेखर पौडेल ओमप्रकास हमाल र तुलसा थापा रहनु भएको छ ।
उक्त भेलालाई कतार साउदी अरव बहराइन मलेशिया बेलायत हंकङ्ग भारतमा खोलिएका नेपाली एकता समाज तथा काठमान्डौ स्थित केन्द्रिय कार्यालयका प्रमुखशरुले मातृभूमिबाट टाढा रहेर पनि सचेतनाको दियो बाल्ने जनआन्दोलनको भावनाको कदर गर्ने तथा नेपाली विच भाइचाराको सम्बन्ध स्थापीत गर्न कटिबद्ध यस समाजलाई बधाइ तथा शुभकामना पत्रद्वारा दिइएको जानकारी प्राप्त भएको छ ।
सो यूएइमा अस्तित्वमा रहेका संघस्स्थाका प्रतिनिधिहरु पत्रकारहरु बुद्धिजीवि समाजसेवीहरुको उपस्थित रहेको थियो ।
Posted in मुलुक बाहिर
फेरी नेपाली लाल बहादुरको हत्या गरियो ईराकमा
छम्म छम्म नाचिदेउ
Posted in भिडिओ
नेपाल मन्डल बन्द कार्यक्रम सफल पार्न नेवाः स्वायत्त राज्य मंकाः संर्घष समितिद्वारा प्रचारात्मक सभाको आयोजना
२७ , नेपाल सम्बत ११२९ ,सुबिन श्रेष्ठ , ललितपुर /
काठमाडौं । नेवाः स्वायत्त राज्य नेपालमण्डल घोषणा र काठमाडौं उपत्यका शहरी विकास विधेयकको माग गर्दै नेवार समुदायले यही जेठ १८ गते उपत्यका बन्द गरी कालो दिवस मनाउने भएको छ। नेवाः राज्यभित्र गैरनेवारको पनि समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुने तर अग्राधिकार नेवाःलाई दिइने दाबी गर्दै नेवाः स्वायत्त राज्य मंकाः संर्घष समितिले असनमा शनिबार प्रचारात्मक सभाको आयोजना गर्यो।
उक्त प्रचारसभामा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, नेवाः जागरण मञ्चका संयोजक सुजीव वज्राचार्य, नेपाः राष्ट्रिय पार्टीको उपाध्यक्ष नरेशवीर शाक्य, नेवाः राष्ट्रिय मुक्तिमोर्चा काठमाडौंका अध्यक्ष उमेश स्थापितलगायतले नेवार भूमिमा जबसम्म स्वायत्त नेवार राज्य स्थापना हुँदैन तबसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो।
बन्दको अघिल्लो दिन १७ गते मसालजुलुस निकाल्ने संर्घष समितिका सदस्य सुजीव वज्राचार्यले बताउनुभयो। यसैबीच नेकपा एमाले सम्बद्ध नेपाः
लोकतान्त्रिक नेवाः संघले नेकपा एमाले स्थायी कमिटीका नेता खड्ग ओलीको प्रमुख आतिथ्यमा एक विचार गोष्ठीको आयोजना गरेको छ।
आदिवासी जनजातिको अधिकार आईएलओ १६९ अभिसन्धिको प्रावधान विषयक सो गोष्ठी नेवाः संघका अध्यक्ष सानुराज शाक्यको सभापतित्वमा भएको थियो।
नेवाः स्वायत्त राज्य मंकाः संर्घष समितिको एक घटक नेवाः जागरण मञ्चले जेठ १८ गते काठमाडौं उपत्यका शहरीकरण विधेयक जलाएर आन्दोलन शुरू गर्ने बताएको छ।
फोटो :सरोज रत्न शाक्य , काठमाडौं/
Posted in अन्य समाचार
नवनिर्वाचित प्रधानमन्त्री माधवकुमार नेपालले लिनुभएको सपथको भिडियो
part 1नवनिर्वाचित प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार बिहान ११ बजेर पाँच मिनेट जाँदा राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ । भिडियो तल हेर्नुहोसpart 2माधव नेपालले के के भने त? तलको भिडियोमा हेर्नुहोस
Posted in भिडिओ
जुन २२ सोमवार नेपाली राजदूताबासको आयोजनामा दक्षिण कोरियामा पहिलो पटक आयोजना गरिएको ल्याण्ड अफ नेचुरल कल्चर एण्ड अपरच्यूनिटि नामक नेपाल चिनाउने महत्वपूर्ण प्रदर्शनी कार्यक्रमको हिजो पूर्व निर्धारित समयमा दक्षिण कोरियाको सिटिहल स्थित कोरिया इन्टरनेश्नल कल्चर हाउसमा एक भब्य समारोहका बिच महामहिम राजदूत कमल प्रसाद कोइराला तथा कोरियाका भूतपूर्व प्रधान मन्त्री मिस्टर हान म्युङ्ग सूकद्धारा सयूक्त रुपमा उद्घाट्न गरेर नेपालको परिचय दिने प्रदर्शनीको शुभारंभ गरिएको छ ।
सोमवार साँझ ५ ३० बजेबाट सुरु गरी आगामी जुलाई ४ तारिक सम्म खुल्ला रहने बताइएको उक्त प्रदर्शनी उद्धघाटन् समारोहमा भारत पाकिस्तान बङ्गलादेश श्रीलंका लगाएत मुलुकका राजदूतहरु बिभिन्न नेपाली संघ सस्थाका प्रतिनिधिहरु स्थानिय कलाकार पत्रकार ब्यापारी बिध्यार्थी तथा नेपालबाट आएका पूर्व परराष्ट्र मन्त्री सैलेन्द्र उपाध्याय तथा नेपालका लोकप्रीय पप गायक राजु लामा र कोरियाका बिभिन्न निकायका विशिष्ट पाहुनाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।अतिथी पाहुनाहरुको सम्मानमा दूतावासका उपनियोग प्रमुख यादव खनालद्धारा स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रममा नेपालको बारेमा निकै चासो राख्ने र धेरै पटक नेपालको भ्रमण समेत गरिसकेका प्रोफेसर मिस्टर रि ले नेपालको बारेमा आफ्नो मिठो अनुभव राखेका थिए । कार्यक्रम उद्धघाटन समारोहमा मन्तब्य दिदै राजदूत कोइरालाले नेपाल कोरिया सम्वन्धको बारेमा छोटो चर्चा गरेका थिए । नेपाल पर्यटन वोर्डका कोरिया प्रतिनिधी केपी सिटौलाले नेपालको छोटो परिचय कोरियन भाषामा स्पष्ट रुपमा पस्तुक्त गरेका थिए ।
कार्यक्रममा गित तथा नृत्य प्रस्तुत गरेर नेपाल कोरिया साँस्कृतिक मंचका कलाकारहरुलेले नेपाली कला संस्कृतिको परिचय दिएका थिए ।नेपालको परिचय दिने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रमको अवशर पारेर नेपाल कोरिया फ्रेड्शिप एँसोसिएसनको बिधिवत रुपमा स्थापना भएको घोषणा गर्दै एँसोसिएसन प्रमुख डा लीले एँसोसियसनको औचित्य तथा भावी योजना सहित अन्य सदस्यहरुको परिचय समेत गराएका थिए । कार्यक्रममा उपस्थित रहेका आगन्तुक पाहुनाहरु कार्यक्रमको अन्त्य सम्मनै बसेर अभिरुचिका साथ नेपाली गतिबिधिहरु तथा प्रदर्शनीको अवलोकन गरिरहेका थिए

प्रतिकृया